शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।

उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी भएको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो ।

शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो ।

उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।