बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला, कसरी भर्ने ?

काठमाडौँ- बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (फागुन १८ गते) देखि बिक्री खुला भएको छ। संस्थाले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसधरंको लागि आईपीओ जारी गर्न लागेको हो।

संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ सर्बसाधारणको लागि जारी गर्ने अनुमति प्राप्त गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।

संस्थाले बाँकी रहेको आईपीओ मध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुत्याइएको छ। भने बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले  आवेदन दिन पाउने छन्।