मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं - मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ।

उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन्। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ।

मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिला नै निष्कासन गरिसकेको थियो।