सेयर बजार राताम्मे, २६.४८ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ।