व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपी माओवादी सेनाका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ

कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपी माओवादी सेनाका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। हत्याको १५ वर्षपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले खामलाई पक्राउ गरेको हो। खाम पक्राउ परेको परिसरका एक उच्च अधिकारीले पुष्टि गरे।

व्यापारी श्रेष्ठको २०६५ सालमा हत्या भएको थियो। खामको आदेशबाटै उनको हत्या भएको आरोप छ।