माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

 काठमाडौँ - माई खोला हाइड्रोपावरको आईपीओ आज वैशाख १९ गते ,मंगलबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान ९ः३० बजे आइपिओ बाँडफाँड भएको हो ।

कम्पनीको उक्त आइपिओमा १२ लाख ७५ हजार १०५ जनाले कुल १ करोड ३७ लाख २० हजार ८२० कित्ताको लागि आवेदन परेको थियो । त्यसमा १२ लाख ६७ हजार २८५ आवेदकबाट परेको १ करोड ३६ लाख ११ हजार ३०० कित्तामात्रै सदर भएको छ भने ७ हजार ८२० आवेदकबाट परेको १ लाख ९ हजार ५२० कित्ता बदर भएको छ ।

यो आईपीओ गोलाप्रथामार्फत बाँडफाँट भएको छ । जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर पाएका छन् । तिनै भाग्यमानी आवेदनमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन् ।