काठमाडौं महानगरपालिकाद्वारा एसईई उत्तीर्ण भई कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन अनलाइन आवेदन माग गरेको छ।
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८२/०८३ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले मिति २०८२ असार १८ गतेदेखि असार २७ गते राति ११:५९ बजेसम्म आवेदन भर्न सुचीत गरेको छ।
महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गरिनेछ । विस्तृत सूचना काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा राखिएको छ।