एसियाली खेलकुद क्रिकेटको क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्दी भारत

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा नेपालले बलियो प्रतिद्वन्दी टिम भारतसँग खेल्ने भएको छ। आज भएको ड्रमा नेपालको अन्तिम आठमा भिडन्त भारतसँग हुने तय भएको हो। नेपाल र भारतबीचको खेल भोलि हुनेछ। अन्य क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान/हङकङ वा श्रीलंका/अफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ। वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको थियो।