मसानघाट पुगेको राजतन्त्र कहिले फ़र्कन सक्दैन : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउने प्रयास भइरहेको बताएका छन् । एमालेले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम डडेल्धुरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनलेे मसानघाट चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्त्व सलबलाएको बताए । तर त्यस्तो षड्यन्त्र पूरा नहुने ओलीले दाबी गरे ।

जनताको समस्या पहिचान गर्न र गतिरोधको समाधान गर्नका लागि नेकपा एमालेले मध्यपहाडी लोकमार्ग जन अभियान सुरु गरेको उनले बताए । सबै षड्यन्त्रलाई परास्त गरेर पार्टी जोगिएकोछ, पार्टी पुनः पहिलेकै ठाउँमा आइपुगेको छ । देशीविदेशी सबै शक्ति लगाएर सिध्याउन लाग्दा पनि पार्टी सकिएन । उनले दाबी गरे ।