नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर सहित नौ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश खाँण छुट्ने वा जेलमा रहने बारे तेस्रो न्यायाधीशमा निर्भर

भुटानी नक्कली शरणार्थी बनाएर अमेरिकी लैजाने भन्दै भएको २८ करोड ठगी प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पान्डेको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला अदालतको फैसला उल्टाउँँदै पुर्पक्षका लागि थुनामा रहेकामध्य ६ जनालाई धरौटी लिएर छाड्न  आदेश दिएको छ। छाड्न आदेश दिएकाहरुमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालदेखि पुर्वगृहमन्त्री रहेका बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीसमेत छन् ।

रिजालसँग १५ लाख केसीलाई १० लाख रुपैयाँँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। यसैगरी, एमाले नेता तथा पुर्व उपप्रधानमन्त्रीसमेत रहेका बहालवाला सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख  हरिभक्त महर्जनलाई १५ लाख धरौटी, मुस्लिम आयोगका अध्यक्ष शमशेर मियाँलाई १० लाख धरौटी र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

यसअघि धरौटीमा रिहा भएकी नेपाल प्रहरीकी सई लक्ष्मी महर्जनलाई यस अघिको ५ लाख धरौटी फिर्ता गरेर साधारण तारेखमा राख्न आदेश दिएको छ । आशिष बुडाथोकीको हकमा पनि साधारण तारिखमा राखी   मुद्दाको किनार लगाउन आदेश भएको छ। टंक गुरुङलाई यस अघि लिएको १० लाख रुपैयाँ धरौटीको जिल्लाको आदेश बदर गर्दै साधारण तारीखमा राखेर मुद्दाको किनार लगाउन आदेश दिएको छ। केशव तुलाधरको हकमा यश अघिको १५ लाख धरौटीको आदेश बदर गरि साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

आदेशानुसार थुनामै रहनेहरु टेकनारायण पान्डे , इन्द्रजित राइ, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राइ, गोबिन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पासमेत नौ जनालाई जिल्लाको आदेश सदर गरि थुनामै राख्ने आदेश भएको छ। ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । ४ जनालाई भने  साधारण तारेखमा छाड्ने आदेश भएको छ।   न्यायाधीशद्वय जनक पान्डे र प्रकाश खरेलको राय बाझिएकोले बालकृष्ण  खाँण छुट्ने वा जेलमा रहने बारे तेस्रो न्यायाधीशमा निर्भर रहने भएको छ।