त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । चन्दले ८० वैशाख १३ मा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । डीआईजी  चन्द बिदामा बसेको समयमा एक  क्विन्टल  सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारी हुन् । प्रहरी प्रधान कार्यालयका  केन्द्रिय प्रहरी प्रवक्ता  भिम प्रसाद ढकालले चन्दको राजीनामा बारे आफुलाई जानकारी नाभएको एन्टी करप्सन पोष्टलाई बताए ।