व्यापारीको ३५ तोला सुन फिर्ता गर्न १८ लाख घुस माग्ने डिएसपी ठगबहादुर दोषी ठहर

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी र उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेषले मंगलबार फैसला दिएको हो।

विशेष अदालतका  अधिकृत यज्ञराज रेग्मीका अनुसार डिएसपी केसीलाई दुई वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवानासमेत तोकेको छ ।   २५ मंसिर २०७९ मा सुन ल्याएर राखेका केसीविरुद्ध यसै वर्ष १३ भदौमा मुद्दा दायर भएको थियो ।

यसैगरी केसीलाई घुस दिने व्यवसायी जिसीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनिविरुद्ध पनि मुद्दा दायर भएकोमा उनलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ।दुबैको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेज नारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सुनुवाइ गरि फैसला गरेको हो।