लियोनल मेस्सीलाई दुई साताका लागि किन गरियो निलम्बन ?

काठमाण्डौँ - पेरिस सेन्ट जर्मेन पीएसजीले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।

क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।​