फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौँ - फिफा विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । आज समूह एचका अन्तिम खेल हुन लागेका हुन् । समूह एचमा कोलम्बिया र मोरक्को आमने सामने हुँदा जर्मनी र दक्षिण कोरिया भिड्नेछन्। दुवै खेल अष्ट्रेलियामा दिउँसो पौने ४ बजे हुनेछन् । 

आजको खेलले समूह चरणबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ । यो समूहबाट दक्षिण कोरिया अंक विहीन छ । र, समूह चरणबाट बाहिरिसकेको छ । कोलम्बिया ६ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी दुई खेलबाट ३ अंकसहित दोस्रोमा छ । यस्तै मोरक्को पनि ३ अंकसहित तेस्रो स्थानमा छ । 


हिजो भएका खेलमा विश्वकपमा बलिया टोली मानिएका अर्जेन्टिना, ब्राजिल र इटाली समूह चरणबाटै बाहिरिएका छन्।