एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दै, नेपालले पहिला बलिङ गर्ने

१९औँ एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र भारत खेल्दैछन् । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुनेछ ।

नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् । नेपाल समूह ‘ए’ मा मङ्गोलियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने भारतले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

मङ्गोलियासँगको खेलमा नेपालले विभिन्न विश्व कीर्तिमान बनाएको थियो ।  कुशल मल्लले ३४ बलमै शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर कीर्तिमान कायम गरेका थिए । भारतले एकदिवसीय विश्वकपको कारण एसियाली खेलकुदमा दोस्रो टोली पठाएको छ । तर भारतीय टोलीमा आईपीएलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडी छन् । नेपाल र भारतले यसअघि एसिया कप क्रिकेटमा एकदिवसीय खेल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।  

केहीबेरमा सुरु हुने खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सेमिफाइनल प्रवेशका लागि हुने खेलमा दुबै टोली जित्ने लक्ष्यसहित मैदान उत्रदै छ।