काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एक जनालाई पक्राउ गरी साेमवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका–६ घर भई काठमाण्डाैकाे कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने २९ वर्षीय मिलन श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाण्डाै महानगरपालिका–२२ न्युरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले ८० थान मोबाइल र बा १९ च ५०९४ नम्बरकाे सेतो रङ्गको जीपसहित श्रेष्ठलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका व्यक्ति तथा सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ ।