काङ्ग्रेसले बोलाए देउवा निवासमा पदाधिकारी बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसले पछिल्लो विकसित राजनीतिक अवस्था बारे छलफल गर्न पदाधिकारी बैठक सभापति निवासमा बोलाएको छ। माओवादी केन्द्रसँगको गठबन्धन फुट्को संघारमा पुगेको बेलामा काङ्ग्रेस सभापति देउवाले थप छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक बिहान १० बजेका लगि सभापति निवास बुढानिलकण्ठमा बोलाएको छ।