भत्कियो सत्ता गठबन्धन, प्रचण्डको नेतृत्वमा एमाले र रास्वपाका एक एक मन्त्री बनाइने, एमालेबाट पदम गिरीलाई पठाइने

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति बनेको छ । गत वर्ष पुसमा भत्किएको गठबन्धनले निरन्तरता पाएको छ । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । त्यसमा एमाले र रास्वपाका एक एक जना मन्त्री बन्ने छन् । त्यसमा एमालेका प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाइने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।