मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।