५० किलोग्राम लागुऔषध गाँजासहित पर्साबाट एक महिला पक्राउ

५० किलोग्राम लागुऔषध गाँजासहित पर्साबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका–२, सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरिएको जानकारी दिए ।