सरकारले तोकेको समय सिमामा सामाजिक सञ्जाल सूचीकृत भएनन्, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति

सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् ।

सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिएको छ । तर फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएको छैन ।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति रहेको बुुझिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने हिजो पनि तोकिएको समयमा सूचीकृत नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको थियो ।