माल्टा पठाईदिन्छु भन्दै रकम लिएर फरार तनहुका रन्जन पाण्डे पक्राउ

माल्टा पठाईदिन्छु भन्दै ४ जनालाई करिव ६ लाख ठगेर फरार व्यक्ति पक्राउ परेका छन् । विष्णु विक्रम खड्का सहित अन्य ४ जना लाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी रु. ६,००,०००/- ठगी गर्ने जिल्ला तनहुँ व्यास न.पा वडा नं. १२ स्थाई घर भई जिल्ला काठमाण्डौ थानकोट बस्ने वर्ष २९ को रन्जन पाण्डेलाई हिजो मंगलवार का.म.न.पा. वडा नं. ०२६ सामाखुशीबाट पक्राउ गरिएको जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको उपत्यका अपराध अनुसन्धान विभागद्वारा प्रेशित विज्ञप्तिमा जनाएको छ । पाण्डेले माल्टामा food delivery को काम लगाईदिन्छु भनि पैसा उठाएर बेपत्ता भएपछि पिडितहरुले उजुरी दिएका थिए ।