अख्तियारद्वारा नेपाल विधुत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन विर्जु कुमार महतो विरुद्ध धुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नेपाल विधुत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन विर्जु कुमार महतो विरुद्ध विधुतको क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहि सँग घुस रिसवत लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । निज महतो विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उपदफा (१) बमोजिम मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा निकालिएको प्रेश विज्ञप्तिमा जनाएको छ ।

नेपाल विधुत प्राधिकरण ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरमेन विर्जु कुमार महतो विरुद्ध विधुतको क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहि सँग घुस रिसवत माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलिले २५ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा