उत्तरी नाकामा सुन तस्करी गर्ने मुख्य व्यक्ति चिनिया नागरिक आगर लामा पक्राउ

दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले  चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् ।

उनी सुन तस्करी गराउन लगाउने प्रमुख व्यक्ति भएको सिआइबीका एसपी नवराज अधिकारीले बताए। उनको समूहले तस्करी गरेको ११ केजी सुन दोलखा प्रहरीले बरामद गरी अनुसन्धान गरिरहेको छ। 

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवि) स्रोतले जानकारी दिएको छ ।