कोशी प्रदेशमा फ़ेरि छिर्के राजनीति दोहोरीयो सरकारबाट बाहिरिने एमाले

असोज २७ गते कोशी प्रदेशमा गठबन्धनले संसदीय दलका नेता इन्द्रबहादुर आङबोलाई  मुख्यमन्त्री बनाउने निर्णय भएपछी काङ्ग्रेसभित्र संस्थापनइतर शेखर कोइराला पक्षधर केदार कार्कीले विद्रोह गरि  नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

एमालेसँग गरेको सहमतिविपरीत कोशी प्रदेशमा  शुक्रबार मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद विस्तार गरिएको छ। माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगूलाई बिनाबिभागिय मन्त्री नियुक्ति गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार साँझ प्रदेश प्रमुख परशुराम खापुङमार्फत पद तथा गोपनीयताको शपथ लिए । एमालेका ३९ सांसद र  आफुूसहित काङ्ग्रेसका ८ सांसदको समर्थन पाएपछि कार्कीले मुख्यमन्त्री बन्न बहुमत ४७ सांसद संख्या पुर्याएका थिए ।

यसअघि मुख्यमन्त्री नियुक्त भएका भोलिपल्ट असोज २८ मा उनलेे काङ्ग्रेसको विद्रोही पक्षका शमशेर राई र एमालेबाट रामबहादुर रानालाई  बिनाबिभागिय मन्त्रीमा नियुक्त गरेका थिए । गठबन्धन दललाई सरकारमा सामेल गराएपछि नेकपा एमाले भने प्रदेश  सरकारबाट बाहिरिने भएको छ।