दुई साहित्यकार सम्मानित

काठमाडौँ - कपन साहित्य समाजले दुई वरिष्ठ साहित्यकारलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा भएको विशेष कार्यक्रममा समाजले वरिष्ठ साहित्यकारद्वय प्रा।डा।अभि सुवेदी र प्राडा गार्गी शर्मालाई सम्मान गरेको हो । समाजले सुवेदीलाई ‘कसास यात्री स्मृति सम्मान–२०७७’ र गार्गीलाई  ‘कसास यात्री स्मृति सम्मान–२०७८’ प्रदान गरेको हो ।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व। पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान’ प्रदान गर्दै आएको छ । २०७५ मा प्रा। दयाराम श्रेष्ठ ‘सम्भव’ र २०७६ मा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई यो सम्मान प्रदान गरिएको थियो । सोही अवसरमा कपन दर्पणको कविता विशेषाङ्क विमोचन गरिएको थियो ।