चितवन–२ मा आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठको निवेदन

 काठमाण्डौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आइतवार आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिए ।   

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका थिए । उनले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।