कर्णाली प्रदेशका काङ्ग्रेस मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेशका काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्री सबैले राजीनामा दिएका छन् । काङ्ग्रेसले नेकपा माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिइ राजीनामा बुझाएका हुन् । मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

काङ्ग्रेसबाट तिनजना मन्त्री प्रदेश सरकारमा थिए । सत्ता समीकरण केन्द्रमा भएसँगै त्यसको असर कर्णालीमा पनि देखिएको छ।