सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । 

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।