तीन कम्पनीको १ करोड ३३ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको १ करोड ३३ लाख ६२ हजार ३२२.५८ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र आईसीएफसी फाइनान्स रहेका छन्।

प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट  ६.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशतले हुन आउने ४५ लाख ३८ हजार १०६.८७ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तैगरी, आईसीएफसी फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट  ५प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

सोही प्रस्तावित बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।