तीन वटा विद्युतीय साझा बस सञ्चालन

काठमाडौं - विद्युतीय बस किनेर थन्क्याएको साझा यातायातले १०० वटा बस चलाउन आवश्यक जनशक्तिका लागि २६ करोडको ठेक्का दिएको छ। साझाले आवश्यक जनशक्ति आउट सोर्सिङ गरेर बस संचालन गर्न लागेको हो।
साझा बसले मंगबार  सुचना जारी गर्दे १०० वटा विद्युतीय बस संचालन गर्न चालक, हलुका सवारी चालक, परिचालक तथा सुरक्षा गार्ड उपलब्ध गराउने  जनाएको छ।


सरकारले साझालाई विद्युतीय बस खरिद गर्न ३ अर्ब रूपैयाँ दिएको थियो। त्यही अनुसार साझाले हालसम्म ४० वटा विद्युतीय बस नेपाल ल्याइसकेको छ।

तर अहिलेसम्म जम्मा ३ वटा विद्युतीय बसहरु मात्र राम्रोसँग संचालनमा आएका छन्। पछिल्लो पटक ल्याइएको ३७ वटा विद्यूतीय बसहरुका लागि चार्जिङ स्टेसन निर्माण गर्न नसक्दा बनेपामा पार्किङ गरेर राखिएका छन्।