फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै

 काठमाडौँ - फिफा महिला विश्वकप फुटबल अन्तर्गत आजदेखि प्रिक्वाटरफाइनलका खेल सुरु हुँदै छन् ।

प्रि–क्वाटरफाइनलमा आज दुईवटा खेल हुने छन् । आज स्विट्जरल्याण्ड र स्पेन तथा जापान र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

स्विट्जरल्याण्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ । समूह ‘ए’बाट स्विट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ को उपविजेता बनेको थियो । 

यस्तै आजै हुने अर्को खेलमा दिउँसो पौने २ बजे जापान र नर्वे आमनेसामने हुनेछन् । जापान समूह ‘सी’को विजेता हो भने नर्वे समूह ‘ए’ को उपविजेता हो ।