गुण्डा नाईके रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ, पिडितलाई सुरक्षा प्रदान गर्न आदेश

गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोंच्च अदालतले सरकारसँग जवाफ माग गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयबाट पीडित बनेको परिवारलाई सुरक्षा दिन आदेश दिएको छ । बिहीबार सर्वोच्चले निवदेक भारती शेर्पाको परिवारलाई निवेदनको टुङ्गो नलागेसम्म सुरक्षा दिन भनेको हो ।  "निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्ने गराउने आवश्यक व्यवस्था गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई लेखी पठाउनू," सर्वोच्चले भनेको छ । 

 

0