जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

जापानमा ६ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको छ । भुकम्पका कारण केहीको हताहती भएतापनि विस्तृत बिवरण आउन बाँकी रहेको छ । भुकम्प निकै शक्तिशाली रहेको भन्दै जापानी मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ ।

मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटरसम्मको अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा प्रान्तदेखि पश्चिममा कागोशिमा प्रान्तसम्म फैलिएको क्षेत्रमा शुन्य दशमलव २ मिटरसम्म छाल आउने अनुमान गरेको छ । यसैबीच, जापान सरकारले सावधानीका रूपमा तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च स्थानमा जान आग्रह गरेको छ ।