बजारमा सहजै चिनी उपभोग गर्न किन पाइदैन ?

काठमाडौं उपत्यकामा दसैंअघिदेखि नै चिनीको बजारमा कृतिम अभाव सिर्जना देखाई व्यापारीले महँगो मुल्यमा चिनी बिक्रीवितरण गरिरहेका छन् । तिहार छठपर्वमा चिनीको खपत माग  धेरै हुने गरिन्छ ।

एक दुई किलो चिनिका लागि घन्टौंसम्म लाइन बस्दा पनि  फरक फरक मुल्यमा व्यवसायीले महँगोमा बेच्ने गरेको लाइन बस्नेको आरोप छ।

बजारमा चिनिको अभाव देखाई व्यवसायीले चिनी महँगोमा बेचिरहेका छन् भने साल्टट्रेडिङले प्रति केजी ९७ रुपैयाँँले बेचिरहेको छ । बजारमा सरकारकै मिलेमतोमा प्रति केजी १ सय १५ रुपैया पुगेको छ। भने व्यापारीले लुकिछिपी मुल्यमा मनोमानी गरि चिनी लुकाउदै बेच्दै छ।