मौसम पूर्वानुमान उच्च हिमाली तथा पहाडी भूभागमा हिमपात, तराईमा हुस्सु लाग्ने

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भेगमा मौसम मुख्यतया सफा रहने छ। तराईका थोरै स्थानमा हुस्सु लागेको छ। 

आज दिउँसोदेखि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका केही ठाँउमा हल्का हिमपात र वर्षको सम्भावना छ।