आजको विदेशी मुद्राको विनिमय दर

 काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले आज माघ २३ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४१ रुपैयाँ ६६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ४६ पैसा र बिक्री दर १५८ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६६ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।