तनावका कारण मन भारी हुन्छ ? यी ४ उपाय अपनाउनुहोस्

काठमाडौं - आजकालको दौडधुपको जीवनमा जिम्मेवारीको बोझ यति बढेको छ कि मानिसहरु प्रायः तनावको सामना गरिरहेका हुन्छन्। जसका कारण धेरै पटक निन्द्रा लाग्दैन र स्वास्थ्य बिग्रन थाल्छ ।

तनावका कारण तौल बढ्ने, उच्च रक्तचाप र मुटुको रोग जस्ता समस्या पनि आउन गर्दछ । तनावका कारण तपाईको टाउको भारी हुनुका साथै केही पनि गर्न मन नलाग्ने गर्दछ । यस्तो अवस्था तनावबाट छुटकारा पाउन यी उपाय अपनाउन सक्नुहुनेछ ।

तनाव कम गर्ने उपायः

आफुलाई मन पर्ने कुरा गर्नेः जब तपाईं चरम तनावको सामना गर्दै हुनुहुन्छ, त्यस्ता परिस्थितिहरूमा तपाईंलाई सबैभन्दा मनपर्ने कामहरू गर्नुहोस्। जस्तै किनमेल, क्रिकेट खेल्ने, चलचित्र हेर्ने, मनपर्ने परिकारहरू खाने। यसो गर्नाले तपाई खुसी हुनुहुनेछ र तनाव पनि हट्नेछ।

नजिकका मानिसहरूलाई भेट्नुहोस्ः जब तपाईं धेरै दुखी हुनुहुन्छ, आफूलाई कहिल्यै एक्लै नछोड्नुहोस्, यसले निरासपनलाई बढाउँछ, यस्तो अवस्थामा आफ्नो नजिकका परिवारका सदस्यहरूसँग कुरा गर्नु राम्रो हुन्छ। साथीहरूसँग घुम्न जानु पनि सही तरिका हो।

योग र ध्यान गर्नुहोस्ः योग र ध्यान तनाव कम गर्न प्रयोग गर्न सकिन्छ, यी पुराना तर प्रभावकारी उपायहरू छन्। यी काममा केही समय निकालेर विज्ञको सल्लाह लिनुहोस् ।

संगीत सुन्नेः जब तपाईं तनाव महसुस गर्नुहुन्छ, यो समस्यालाई हटाउन आफ्नो मनपर्ने संगीत वा गीत सुन्नुहोस्, यसले तनावपूर्ण वातावरण हटाउँछ र तपाईंले राहत महसुस गर्नुहुनेछ।