न्यायालयको नेतृत्त्व श्रेष्ठको काँधमा

 काठमाडौँ - प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्दैछन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा श्रेष्ठले स्वतः न्यायपालिकाको नेतृत्व सम्हाल्न लागेका हुन् ।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ । उनको संसदीय सुनुवाइ प्रक्रिया बाँकी नै छ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।