यसपालीको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाईटिकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिका कार्यकारी निर्देशक सुर्य प्रसाद ढुंगेलका अनुसार वि.सं. २०८० सालको भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

यस वर्ष कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्दन पुजा, र कार्तिक २९ गते भाईटीका रहेको छ । कार्तिक ३० गते तिहार विदा रहेको छ । कार्तिक २६ देखि कार्तिक ३० गतेसम्म सरकारले सार्वजनिक विदा दिएको छ ।