बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्ष क्षेत्रीविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो । वडाअध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।
घुस मागेको विशेष सूचनाका आधारमा आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडाअध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।