नयाँ मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् बन्याे २० सदस्यीय, हेर्नुहोस् को-को बने मन्त्री सूचीसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका १९ मन्त्री समावेश गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

कांग्रेससँगको एक वर्ष लामो सहकार्य तोडेर प्रचण्डले नयाँ सत्तागठबन्धन बनाएपछि मन्त्रिपरिषद्को यो दोस्रो विस्तार हो। पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे।