नेपाली सेनाको सर्भर ह्याक गर्ने एक युवक पक्राउ

काठमाडौँ - नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल छन् । साइबर हमलाको अनुसन्धान,प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकाललाई पोखराको बाटुलेचौरबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।

 विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ। जिल्ला अदालत, काठमाडौँले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।