स्वास्थ्य मन्त्रालयको मूलढोकामा कृत्रिम फोक्सो जडान

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वच्छ यूएसएआइडी हावा परियोजना सँगको सहकार्यमा  विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरेको छ।

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यु एअरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १३१ देशहरूमध्ये धेरै वायुप्रदुषण हुने देशहरूमा नेपाल १६ औं स्थानमा रहेको छ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो। दीर्घकालीन फोक्सोको रोग ९ऋइएम्० नेपालमा हुने मृत्युको ठूलो कारण मध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ।

वायु गुणस्तर खस्कदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्दि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भैरहेको छ।