३ करोड २१ लाख अवैध सम्पत्ति कमाएको अभियोग लागेका सर्लाहीका मिटरब्याजी श्याम परदेशीले पाए सफाइ

मिटरब्याजी अभियुक्त सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण शाह र उनकी पत्नी मन्जुदेवीले एउटा मुद्दामा सफाइ छन् । विशेष अदालतले सम्पत्ति सुद्धिकरण मुद्दामा दुबैजनालाई सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार परदेशी र उनकी पत्नी मन्जुदेवीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको हो।

३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले उनकी पत्नी मन्जुदेवीलाई पनि प्रतिवादी बनाएको थियो। श्रीमतीलाई भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको थियो। उनीहरु दुवै जनाले सम्पत्ति शुद्धीकरण मुद्दाबाट सफाइ पाएका हुन्।

सम्पत्ति शुद्धीकरण विभागले सर्लाहीको कविलास नगरपालिका–२ का ठेगना भएका परदेशी र उनकी श्रीमतीलाई विपक्षी बनाउँदै २०७९ साउन २५ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

सोझासिधा जनतालाई झुक्याएर चर्को ब्याजमा ऋण दिने र झुक्याएरै कीर्ते तमसुक बनाउने, ऋण लिएको भन्दै पाँच गुणसम्म बढीको कागज गराउने परदेशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो।