कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियारद्धारा मुद्दा दायर

कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।

उक्त मुद्दामा साढे दुई सयभन्दा बढीलाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’

टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको फेला परेपछि अख्तियारले छानबिन थालेको थियो । यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् ।