लाइसेन्स परीक्षामा फेल भएकालाई पास गराएको मुद्दामा यातायात नेपालगञ्जका प्रमुखसहित १९ जनालाई सफाइ

लाइसेन्स परीक्षामा फेल भएकालाई पास गराएको मुद्दामा यातायातका प्रमुख सहित १९ जनालाई विशेष अदालतले सफाइ दिएको छ । लाइसेन्स परीक्षामा अनुत्र्तीण भएकालाई सेटिङमा पास गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन बर्ष अघि यातायात ब्यवस्था कार्यालय, नेपालगञ्जका प्रमुख सहित १९ जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेषले सफाइ दिएको हो ।

उनीहरुले सेटिङमा सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा चलाएकोमा बिशेष अदालतले बुधबार सफाइ दिएको हो ।टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले परीक्षाको नतिजा फेरबदल गरी भ्रष्टाचार गरेको आरोप लागेका सबै १९ जनाले सफाइ पाउने फैसला सुनाएको हो ।

यसरी सफाइ पाउनेमा प्रमुख पवन सुवेदीसहित तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेल, ध्रुवराज देवकोटा, नायब सुब्बाहरु ललित बहादुर वली, केशबराज डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुण कुमार गौतम, धर्मदत्त चौलागाई, डिलाराम खरेल, ओम बहादुर बस्नेत, गणेशमान आचार्य, सावित्री पौडेलका अलवा खरिदार चन्द्रमणी नेपाली र केशर कुमार चपाई तथा हलुका सबारी चालक ध्रुवराज अर्याल लगायत १९ कर्मचारी र प्रहरी छन् ।