पशुपतिनाथको सम्पत्ति : अढाई अर्ब भन्दा बढी जग्गा ५१ सय रोपनी

काठमाडौं  पशुपतिनाथ मन्दिरका नाममा विभिन्न बैंकमा गरी जम्मा दुई अर्ब ६५ करोड रुपैया रहेको छ। यसैगरी   मन्दिरका नाममा पाँच हजार एक सय ७२ रोपनी जग्गा रहेको पाएको छ। पशुपति क्षेत्र विकास मन्दिरमा भेटीबापत दैनिक रु २ लाख देखि साढे दुई लाख सम्म हुन्छ । 

कोषका अनुसार पशुपतिनाथ मन्दिरको एक हजार १६१ रोपनी चार आना जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरिरहेको छ। यसैगरी तारा गाउँ विकास समिति मोही रहेको १७ रोपनी जग्गा रहेको छ।