२६ लाख ५७ हजार श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

काठमाडौको इन्द्रचोकबाट श्रोत नखुलेको नगद रु २६ लाख ५७ हजार रकमसहित आज दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका - २ स्थायी घर भै हाल काठमाडौ जटिबुटी बस्ने बर्ष २८ को पुष्प सोडारी , काठमाडौ महानगर पालिका  वाडनं १० बिजुलीबजार  बस्ने बर्ष ३९ को अभिषेक अग्रवाल रहेका छन् ।

प्रहरी वृत्त जनसेवाबाट  खटिएको प्रहरीले सोडारीलाई रकमसहित पक्राउ गरि थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको खुलेपछि उनलाई समेत अनुसन्धानका लगि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।