नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगामा उक्त सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीनैजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्याल्सेङ तामाङ, २६ वर्षीय विरु तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको प्रहरीले जनाएको छ । बिहीबार राति उनीहरूले रसुवागढी नाकाबाट सुन ल्याएको खुलेको छ ।